Global TV Logo
लोड हुँदैछ...

डब्लुएचओको चेतावनीपछि नेपालमा इबोला सतर्कता बढाइयो

S
Sristi Thakuri
२०२६-०६-०२, ०५:४९ AM
होमपेज/समाचार
डब्लुएचओको चेतावनीपछि नेपालमा इबोला सतर्कता बढाइयो

अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा इबोला भाइरसको संक्रमण फैलिन थालेपछि तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई अन्तरराष्ट्रिय जनस्वास्थ्य चासोको विषय घोषणा गरेसँगै नेपाल सरकारले निगरानी तथा तयारीका काम तीव्र बनाएको छ।

 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि परीक्षण क्षमता, उपचार व्यवस्थापन, स्वास्थ्यकर्मीको तयारी तथा संक्रमण नियन्त्रणका उपायहरूको समीक्षा भइरहेको छ। साथै सम्भावित प्रवेश नाकाहरूमा स्वास्थ्यकर्मी परिचालन गरी यात्रुको स्वास्थ्य निगरानी, शंकास्पद बिरामीको परीक्षण र व्यवस्थापनका लागि सम्बन्धित अस्पताल तथा प्रयोगशालासँग समन्वय गरिएको छ।मन्त्रालयले हाल नेपालमा इबोला संक्रमणको जोखिम तत्कालका लागि नरहेको जनाएको छ। इबोला संक्रमित जनावर वा संक्रमित व्यक्तिको रगत तथा अन्य शारीरिक तरल पदार्थसँगको प्रत्यक्ष सम्पर्कबाट सर्ने रोग हो। उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, कमजोरी महसुस हुने, बान्ता, पखाला तथा रक्तस्राव यसका प्रमुख लक्षण हुन्। रोगको कुनै प्रभावकारी औषधि नभएकाले समयमै पहिचान, उचित स्याहार र संक्रमण नियन्त्रणका उपाय अपनाउनु नै मुख्य रोकथामको माध्यम मानिन्छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com