कञ्चनपुरमा भारतीय प्रहरीको प्रवेश, स्थानीयले नियन्त्रणमा लिएपछि कर्नाटक फिर्ता
B
Binita Thapa२०२६-०८-३०, ०३:४६ AM

भदौ १४ - नेपाली नागरिकलाई पक्राउ गर्न भन्दै कञ्चनपुरमा आएका भारतीय प्रहरीलाई फर्काइएको छ ।
शनिबार दिउँसो कर्नाटकबाट बलात्कार मुद्दाका आरोपी शंकर लुहारलाई पक्राउ गर्न भन्दै दोधाराचाँदनीस्थित घरमै पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएका असईसहितका दुई जना भारतीय प्रहरीलाई भारततिरै फर्काइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले पूर्वसमन्वय र प्रचलित कानुन विपरीत अनाधिकृत रुपमा नेपाल छिरेको भन्दै उनीहरुलाई सम्झाइबुझाइ गरेर छाडिएको जनाएको छ । पूर्वजानकारी र अनुमतिबिना नेपाली भूमीमा प्रवेश गरेका कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस भारत फर्किएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



