सम्बोधनपछि पनि संसद् तातियो, विपक्षीको कडा आपत्ति
S
Sristi Thakuri२०२६-०५-३१, ०८:३३ AM

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा सम्बोधन गरेपछि पनि विपक्षी दलहरूले संसद्भित्रै आपत्ति जनाउँदै असन्तुष्टि व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहको जवाफपछि केही विषयमा स्पष्टता नआएको भन्दै विपक्षी सांसदहरूले पुनः प्रश्न उठाएका हुन्। सम्बोधन सकिएलगत्तै विपक्षी दलका सांसदहरूले संसद्मा आफ्नो असन्तुष्टि प्रकट गर्दै थप छलफल र स्पष्टताको माग गरेका थिए।प्रधानमन्त्रीको उपस्थितिपछि केही समय शान्त देखिएको संसद् फेरि विपक्षीको आपत्तिसँगै तातिएको छ। विपक्षी दलहरूले उठाएका प्रश्नहरूको पर्याप्त जवाफ नआएको भन्दै उनीहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।यससँगै आजको प्रतिनिधिसभा बैठकमा देखिएको राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



