Global TV Logo
लोड हुँदैछ...

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत एःन्इ साउथ एसिया फाइनल्स काठमाडौंमा

S
Sristi Thakuri
२०२६-०९-१५, ११:४० AM
होमपेज/समाचार
एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत एःन्इ साउथ एसिया फाइनल्स काठमाडौंमा

काठमाडौं  , भदौ ३० - एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत एःन्इ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

काठमाडौंमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता एःन्इ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दै गएको आकर्षणलाई प्रतियोगिताले थप उत्साह दिने अपेक्षा गरिएको छ।

प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोनसमेत सञ्चालन गरिनेछ। उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायतका कार्यक्रम हुनेछन्।

प्रतियोगिता अवधिभर एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन सञ्चालन गरिने आयोजकले जनाएको छ। यी गतिविधिले प्रतियोगिता हेर्न आउने दर्शक तथा सहभागीलाई थप मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

चार दिनसम्म सञ्चालन हुने एःन्इ साउथ एसिया फाइनल्सले गेमिङ प्रतियोगितासँगै दर्शकलाई मनोरञ्जन र प्रत्यक्ष सहभागिताको अवसर प्रदान गर्नेछ। यस प्रतियोगितामार्फत नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com