Global TV Logo
लोड हुँदैछ...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

B
Binita Thapa
२०२६-०८-०२, ०४:०६ AM
होमपेज/समाचार
गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

साउन १७ - गोठाटारमा भएको आगलागीमा विभिन्न १४ वटा पसलहरु जलेका छन् ।

शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको हो ।  गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका – ९ का ३७ को नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई नगर अस्पताल मुलपानीमा सामान्य उपचारपश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

आगलागी राति ११ बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com