Global TV Logo
लोड हुँदैछ...

भोटेकोशीमा बाढीको जोखिम कायमै, नदी थुनिएर बनेको ताल फुट्ने खतरा

S
Sristi Thakuri
२०२६-०८-२७, १२:०८ PM
होमपेज/विशेष समाचार
भोटेकोशीमा बाढीको जोखिम कायमै, नदी थुनिएर बनेको ताल फुट्ने खतरा

काठमाडौं , भदौ ११ - भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम अझै कायम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले बिहीबार जारी गरेको विशेष सूचनामा भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएर ताल बनेको जानकारी दिएको छ । उक्त ताल निरन्तर बढिरहेको र जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले जोखिम कायमै रहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनामा भू–उपग्रहबाट खिचिएका तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर ताल बनेको पुष्टि भएको हो ।

नदी थुनिएपछि बनेको तालको पानीको सतह बढ्दै गएको र त्यसले तल्लो तटीय क्षेत्रमा थप जोखिम निम्त्याउन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ । त्यस्तै, नदी आसपास यात्रा गर्ने यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबै पक्षलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

ताल फुटेमा एक्कासि ठूलो मात्रामा पानीको बहाव तल्लो क्षेत्रमा आउन सक्ने भएकाले नदीको बहाव र आसपासको अवस्थाबारे निरन्तर जानकारी लिन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत आग्रह गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com