उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच औपचारिक एकता

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । शुक्रवार त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दुई दलबीच एकता सम्पन्न भएको घोषणा गरेका हुन् । एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई उज्यालो नेपाल पार्टीमा स्वागत गर्दै देशमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियानअन्तर्गत एकता प्रक्रिया अघि बढाइएको बताए ।उनले पछिल्लो समय विभिन्न राजनीतिक दल, बुद्धिजीवी, पेशाकर्मी तथा सामाजिक क्षेत्रका व्यक्तिहरू पार्टीमा आबद्ध हुने क्रम बढिरहेको उल्लेख गर्दै उज्यालो नेपाल पार्टीलाई व्यापक जनसमर्थन प्राप्त भइरहेको दाबी गरे ।घिसिङले यसअघि राष्ट्रिय परिवर्तन पार्टीसँग पनि पार्टी एकता गरिसकिएको स्मरण गर्दै अब अन्य राजनीतिक शक्तिसँग पनि सहकार्य र एकताको प्रक्रिया निरन्तर अघि बढ्ने जानकारी दिए ।उनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त उपस्थिति रहने दाबी गर्दै भविष्यमा देशको नेतृत्व गर्ने लक्ष्यका साथ आफूहरू अघि बढिरहेको बताए ।अध्यक्ष घिसिङले भने, “उज्यालो नेपाल पार्टी अब वास्तविक विकल्पका रूपमा स्थापित हुनेछ । आगामी निर्वाचनहरूमा हाम्रो प्रभावशाली सहभागिता हुनेछ र त्यसपछिको राजनीतिक नेतृत्वका लागि पनि हामी तयारीमा छौँ ।”एकता प्रक्रियामा सहभागी नेता तथा कार्यकर्तालाई बधाई दिँदै उनले पार्टी एकतासम्बन्धी थप सहमति र भावी योजनाबारे दुवै पार्टीका महासचिवहरूले विस्तृत जानकारी दिने बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



