पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा परिवारको जिम्मामा, पक्राउ शैलीप्रति कानुनविद्को प्रश्न
S
Sristi Thakuri२०२६-०९-२७, ०८:५० AM

काठमाडौं , असोज ११ - शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको छ।
अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले उनलाई परिवारको जिम्मा लगाइएको जानकारी दिएका छन्। यसअघि प्रहरीले 'जेनजी' हरूबाट सुरक्षा खतरा (थ्रेट) रहेको भन्दै उनलाई रातारात नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको बताएको थियो। सरकारले पक्राउ गर्नुको कारण औपचारिक रूपमा नखुलाएको यस घटनामा, टेकुस्थित कार्यालयमा भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको थिएन। प्रहरीको यस प्रकारको कार्यशैली र प्रक्रियामाथि कानुनका जानकारहरूले भने गम्भीर प्रश्न उठाएका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



