पूर्वअर्थमन्त्री विष्णु पौडेल नियन्त्रणमा, सम्पत्तिको स्रोतबारे अनुसन्धान
S
Sristi Thakuri२०२६-०६-२२, ०१:०४ PM

काठमाडौँ, असार ८ - नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ।
प्रहरी स्रोतका अनुसार उनको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेका बेला सम्पत्ति शुद्धीकरण विभागले उनलाई नियन्त्रणमा लिएको हो। पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको बताइएको छ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलको पक्राउपछि राजनीतिक वृत्तमा चासो बढेको छ। यद्यपि, सम्बन्धित निकायले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
लोकप्रिय खबर
लोड हुँदैछ...



