Global TV Logo
लोड हुँदैछ...

कपिलवस्तुका पूर्वसांसद मङ्गलप्रसाद गुप्ताको दिल्लीमा निधन

S
Sristi Thakuri
२०२६-०६-०७, ०९:०० AM
होमपेज/समाचार
कपिलवस्तुका पूर्वसांसद मङ्गलप्रसाद गुप्ताको दिल्लीमा निधन

नेकपा (एमाले) का नेता एवं कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ८० वर्षभन्दा बढीको उमेरमा उनी दिवंगत भएका हुन् ।

एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालका अनुसार उपचारकै क्रममा गुप्ताको निधन भएको हो ।

विगत लामो समयदेखि सक्रिय राजनीतिमा रहेका नेता गुप्ताको संसदीय यात्रा निकै लामो छ । उनी विक्रम संवत २०३९ सालदेखि नै निरन्तर रूपमा संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए । आफ्नो राजनीतिक यात्राका क्रममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा पटक–पटक चुनाव लडेका गुप्ताले पछिल्लो पटक वि।सं। २०७९ को आम निर्वाचनमा नेकपा ९एमाले० का तर्फबाट कपिलवस्तु क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
कपिलवस्तुका पूर्वसांसद मङ्गलप्रसाद गुप्ताको दिल्लीमा निधन | Global TV Khabar