Global TV Logo
लोड हुँदैछ...

सम्पर्कविहीन भएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

S
Sristi Thakuri
२०२६-०८-०९, ०७:१३ AM
होमपेज/विशेष समाचार
सम्पर्कविहीन भएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

शुक्रबार दिउँसोदेखि अचानक सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह आइतबार जंगलमा मृत अवस्थामा फेला परेका छन्।

गोरुसिङ्गे क्षेत्रको जंगलमा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। शव फेला परेपछि गरिएको सनाखतबाट मृतक सिंह नै भएको पुष्टि भएको प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए।

सिंह शुक्रबार दिउँसोदेखि सम्पर्कमा नआएपछि परिवार, आफन्त तथा प्रहरीले उनको खोजी सुरु गरेका थिए। खोजीका क्रममा गोरुसिङ्गे जंगलमा शव भेटिएको हो।

प्रहरीका अनुसार शव भेटिएको स्थानमा आवश्यक मुचुल्कालगायत प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरिएको छ। घटनाको प्रकृति र मृत्युको कारणबारे भने प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरी निरीक्षक कुँवरका अनुसार घटनासँग सम्बन्धित विभिन्न पक्षबारे अनुसन्धान भइरहेको छ। शव परीक्षणलगायत थप अनुसन्धानबाट सिंहको मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।

कपिलवस्तु नगरपालिकाको नेतृत्व गरिसकेका सिंहको अचानक भएको निधनको खबरपछि स्थानीय क्षेत्रमा शोक छाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com