रहेनन् पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेल

काठमाडौँ, असार ८- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो ।
सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र नेपाली कांग्रेसका आदर्शवादी नेताका रुपमा परिचित थिए । २०२५र०२६ सालतिर तत्कालीन नेशनल कलेज हालको शंकरदेव कलेजमा नेपाल विद्यार्थी संघको इकाइ गठन गरी सचिव भएर राजनीतिमा होमिएका खरेल २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२र२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएवापत पटक-पटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताएका खरेल कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



