Global TV Logo
लोड हुँदैछ...

काठमाडौंमा २९८ ग्राम ब्राउन सुगरसहित चार लागूऔषध कारोबारी पक्राउ

S
Sristi Thakuri
२०२६-०८-०३, १०:३७ AM
होमपेज/विशेष समाचार
काठमाडौंमा २९८ ग्राम ब्राउन सुगरसहित चार लागूऔषध कारोबारी पक्राउ

काठमाडौं , साउन १८ -  काठमाडौंमा ठूलो परिमाणमा ब्राउन सुगरसहित चार जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाका आधारमा सोमबार दिउँसो काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको अपरेशनमा चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौंका प्रभात तिवारी, सर्लाही मलंगवा–८ का सुजन रायमाझी, काठमाडौं बल्खुका भुपेन्द्र श्रेष्ठ र ललितपुर बागडोल–४ का सलिन श्रेष्ठ रहेका छन् ।

 सशस्त्र प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट करिब २ सय ९८ दशमलव ३५ ग्राम ब्राउन सुगर, २२ फायल अर्थात् २२० क्याप्सुल ट्रामाडोल, १०१ क्याप्सुल नाइट्रोभेट तथा लागूऔषध मिसाउन प्रयोग हुने २९ बोतल लिक्विड केमिकल बरामद गरिएको छ । यस्तै, एक लाख ९८ हजार ३ सय ७५ रुपैयाँ नगद, २० भारतीय रुपैयाँ र एक हजार जापानी येन, एउटा हुण्डाई कार, तीन वटा ल्यापटप, चार वटा एन्ड्रोइड मोबाइल, एउटा डिजिटल तौल मेसिन, एउटा प्रिन्टर र दुई वटा सञ्चार सेट समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

 सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com