गगन थापा: गणेशमान सिंहका त्याग र लोकतान्त्रिक आदर्श कांग्रेसको संगठनमा पुनःस्थापित गरौँ

काठमाडौं , असोज २ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै उनका त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै थापाले कांग्रेस अहिले १५ औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नलिन आग्रह गरेका छन् । थापाले गणेशमान सिंहजस्ता अग्रज नेताहरुले देखाएको त्याग, साहस र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्ने अवसरका रूपमा महाधिवेशनलाई अघि बढाउनुपर्ने बताएका हुन् । समयसँगै चुनौती पनि बदलिएको बताउदै थापाले लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको पनि बताएका छन । उनले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्ने उल्लेख गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



