Global TV Logo
लोड हुँदैछ...

गगन थापा : आफूअनुकूल बीपीलाई व्याख्या गर्ने प्रवृत्ति बढ्यो

S
Sristi Thakuri
२०२६-०८-१६, ११:०५ AM
होमपेज/विशेष समाचार
गगन थापा : आफूअनुकूल बीपीलाई व्याख्या गर्ने प्रवृत्ति बढ्यो

काठमाडौं , साउन ३१ - नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय नेताहरूले आफ्नो राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाका विचारलाई व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन् । 

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले राजनीतिक आवश्यकता पर्दा मात्रै ‘राष्ट्रिय मेलमिलाप’ लगायत बीपीका प्रसंग सम्झने गरिएको टिप्पणी गरे । आफ्ना राजनीतिक निर्णय आफैँ लिन नसक्दा नेताहरूले बीपीको नामको सहारा लिने गरेको उनको आरोप थियो । बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र कैद गर्न नहुने भन्दै थापाले उनीहरूको वास्तविक विचार बुझ्न पुरानो पुस्ताका अभियन्ताहरूका अनुभव र लेखन महत्वपूर्ण हुने बताए । 

थापाले बीपीको राजनीतिक जीवनलाई एउटै प्रसंगमा सीमित गर्न नहुने उल्लेख गर्दै लोकतन्त्र र सामाजिक न्यायप्रतिको उहाँको प्रतिबद्धता निरन्तर रहेको बताए ।  उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिबारे बीपीका विचारलाई अहिलेको विकास बहस तथा एआईको सन्दर्भमा समेत अध्ययन गर्न सकिने उनको भनाइ थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com