Global TV Logo
लोड हुँदैछ...

रास्वपा महाधिवेशन उद्घाटनमा गगन थापा सहभागी हुने

S
Sristi Thakuri
२०२६-०६-२१, ०५:४९ AM
होमपेज/विशेष समाचार
रास्वपा महाधिवेशन उद्घाटनमा गगन थापा सहभागी हुने

काठमाडौँ, असार ७-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्।

सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको छ। रास्वपाले महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको थियो।

रास्वपा सचिवालय सदस्य दीपक बोहराले पनि थापाको सहभागिताबारे जानकारी प्राप्त भएको बताएका छन्। यसअघि थापाले रास्वपा र सभापति रवि लामिछानेलाई महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com