जेन–जी शहीद र घाइतेका माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री गौतम

काठमाडौं ,भदौ २३ - कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलका शहीद तथा घाईतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरिन । उनले जेन–जी आन्दोलनका माग सम्बोधन गर्नेबारे दैनिक छलफल भईरहेको बताइन । उनले माग सम्बोधनमा ढिलाइ हुँदा जेनजी समुदायको धैर्य टुट्ने अवस्था आउनसक्ने स्वीकार गर्दै संयम कायम राख्न आग्रह गरिन । सरकारले जेन–जी आन्दोलनका शहीद तथा घाइतेले देखेका सपना पूरा गर्न सफा नियतका साथ काम गरिरहेको उनको भनाई छ ।
उनले देशमा भइरहेको भ्रष्टाचार र सशासनविरुद्ध आवाज उठाउँदा गोली खानु परेको बताइन । भदौ २३ गते आन्दोलनकारीमाथी राज्यले गरेको दमनका कारण भदौ २४ गतेको घटना निम्तिएको उनको भनाई छ । भदौ २३ र २४ गतेको घटनालाई एउटै रुपमा हेर्न नहुने उनले बताइन ।
लोकप्रिय खबर
लोड हुँदैछ...


