सरकार विकासभन्दा विवादमै अल्झियो : कांग्रेस सांसद राना

काठमाडौं, असार ३० –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सन्दीप रानाले वर्तमान सरकार विकासका काममा भन्दा बढी विवादमा अल्झिएको आरोप लगाएका छन ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा सांसद रानाले सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै जनसरोकारका विषयमा सरकार उदासिन रहेको बताए । सांसद रानाले सरकारले सय दिनमा सय काम गर्ने प्रतिवद्धता जनाए पनि ती दिनहरू विकासभन्दा बढी विवादमा बितेको बताए । स्वास्थ्य क्षेत्रको समस्या औँल्याउँदै उनले अस्पतालहरूमा रेबिज र क्यान्सर जस्ता गम्भीर रोगका औषधिको अभाव रहेको, नेप्से परिसूचकमा गिरावट आएको र निजी क्षेत्र सशंकित बनेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, युवा पलायनको क्रम नरोकिएको र कुपोषणको समस्या तिब्र गतिमा बढिरहेको प्रति पनि उनले चिन्ता व्यक्त गरे ।
कुटनीतिक नियुक्तिहरूका सन्दर्भमा टिप्पणी गर्दै सांसद रानाले राजदुत नियुक्तिलाई सरकारले ‘जब भ्याकेन्सी’ को रूपमा बुझ्न नहुने बताए । सरकारले आफ्नो विफलता लुकाउन विगत ३५ वर्षमा केही भएन भन्ने ‘गलत भाष्य’ निर्माण गर्न खोजेको उनको आरोप छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



