Global TV Logo
लोड हुँदैछ...

सीमा अतिक्रमणविरुद्ध सरकार कडा, भारत–चीन–बेलायतसँग कूटनीतिक पहल

S
Sristi Thakuri
२०२६-०५-३१, ०८:११ AM
होमपेज/समाचार
सीमा अतिक्रमणविरुद्ध सरकार कडा, भारत–चीन–बेलायतसँग कूटनीतिक पहल

सरकारले लिपुलेक–लिम्पियाधुरा क्षेत्रसँग जोडिएको विषयमा भारत र चीन दुवै देशलाई डिप्लोमेटिक नोट पठाएको जनाएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उक्त जानकारी दिएका हुन्।एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारिक मार्गबारे नेपाल सरकारले औपचारिक रूपमा कूटनीतिक नोट पठाएको स्पष्ट पारे।प्रधानमन्त्री शाहले भने, “लिपुलेक र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारिक मार्गबारे डिप्लोमेटिक नोट पठाइएको छ, र त्यसको जवाफ पनि आएको छ।”उनका अनुसार सीमा विवाद समाधानका लागि दुवै पक्षका इतिहासविद् तथा कूटनीतिज्ञहरूको सहभागितामा संवाद गर्ने विषयमा समेत छलफल भइरहेको छ।प्रधानमन्त्री शाहले यस विषयमा बेलायत सरकारसँग पनि नेपाल सरकारले कूटनीतिक रूपमा चासो राखेको जानकारी दिएका छन्।सरकारले संवेदनशील सीमा विवादलाई संवाद र कूटनीतिक प्रक्रियामार्फत समाधान गर्ने नीति लिएको उनको भनाइ छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com