Global TV Logo
लोड हुँदैछ...

सरकारी बेवास्ताको आरोप लगाउँदै अनुदान शिक्षक धर्नामा

S
Sristi Thakuri
२०२६-०६-०९, ११:४८ AM
होमपेज/विशेष समाचार
सरकारी बेवास्ताको आरोप लगाउँदै अनुदान शिक्षक धर्नामा

(तेजवीर वि.सी), काठमाण्डौ 

संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरुले सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

 आर्थिक वर्ष २०८३ र ८४को बजेटमा पेसागत निरन्तरता, स्थायित्व र सेवा–सुविधासम्बन्धी माग समावेश नगरिएको भन्दै शिक्षकहरु पेन डाउनसहित धर्नामा बसेका हुन् । प्रदर्शनकारी शिक्षकहरुले तलब, महँगी भत्ता लगायतका विषयमा आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् ।

 सरकारसँग भएको ४०–६० प्रतिशत आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नभएको पनि उनीहरुको आरोप छ । देशभर ११ हजारभन्दा बढी अनुदान शिक्षक रहेको उल्लेख गर्दै उनीहरुले माग सुनुवाइ नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com