जापानको उत्कृष्ट पुनरागमन, नेदरल्याण्ड्ससँग रोमाञ्चक बराबरी

काठमाडौँ, असार १- फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत सोमबार बिहान भएको रोमाञ्चक प्रतिस्पर्धामा जापानले नेदरल्याण्ड्सलाई २-२ गोलको बराबरीमा रोक्दै अंक बाँडेको छ। डलास स्टेडियममा भएङ्खेको लको अन्तिम समयमा गोल गर्दै जापानले हार टार्न सफल भएको हो।
६९ हजार २ सय ८५ दर्शकले भरिएको रङ्गशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा नेदरल्याण्ड्सका डोनेल मालेनले गोलका केही सुन्दर अवसर सिर्जना गरे पनि जापानी गोलकिपर जायोन सुजुकीले त्यसलाई विफल तुल्याइदिएका थिए।
खेलको दोस्रो हाफ भने निकै नाटकीय र प्रतिस्पर्धात्मक रह्यो। ५१ औं मिनेटमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डाइकले रायन ग्रेभनबर्चको क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। तर, नेदरल्याण्ड्सको यो खुसी धेरै समय टिक्न सकेन। खेलको ५७ औं मिनेटमा केइतो नाकामुराले शक्तिशाली प्रहार गर्दै जापानका लागि बराबरी गोल फर्काए।
खेलको ६४ औं मिनेटमा नेदरल्याण्ड्सले पुनः अग्रता लियो। क्राइसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट सानदार फिनिसिङ गर्दै स्कोर २-१ बनाए। खेल नेदरल्याण्ड्सले जित्ने अनुमान गरिरहँदा ८९ औं मिनेटमा दाइची कामाडाले कोकी ओगावाको प्रहारलाई हेडमार्फत दिशा दिँदै जापानका लागि दोस्रो गोल गरे। यस गोलसँगै जापानले खेलमा पुनरागमन गर्दै एक महत्वपूर्ण अंक सुरक्षित गर्यो। जापानले दुई पटक पछि परेको अवस्थाबाट पुनरागमन गर्दै आफ्नो जुझारुपन र उच्च मनोबल प्रदर्शन गरेको छ। फिफा वरीयताको १८ औं स्थानमा रहेको जापानले यो नतिजासँगै आफूलाई प्रतियोगिताको डार्क हर्सु को रूपमा प्रमाणित गरेको छ।
अर्कोतर्फ, प्रिमियर लिगका स्टार खेलाडीहरूले भरिएको नेदरल्याण्ड्सका लागि दुई पटकको अग्रता जोगाउन नसक्नु निराशाजनक पक्ष बनेको छ।
अब समूह एफ अन्तर्गत नेदरल्याण्ड्सले जुन २० मा स्वीडेनको सामना गर्नेछ भने जापानले जुन २१ मा ट्युनिसियासँग खेल्नेछ।
लोकप्रिय खबर
लोड हुँदैछ...



