गुरुङ र पुनको मन्त्री पदको शपथ सुरु
S
Sristi Thakuri२०२६-०६-०९, ११:३० AM

गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पद तथा गोपनीयताको शपथ सुरु भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई शपथ खुवाउने छन् ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।दुवै मन्त्रीको यो सरकारमा दोस्रो प्रवेश हो।
लोकप्रिय खबर
लोड हुँदैछ...



