सीमा विवाद टिप्पणीलाई लिएर संसदमा हर्कराज राईको कडा आपत्ति
S
Sristi Thakuri२०२६-०६-०९, ०८:१० AM

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीबालेन्द्र साहले विगतमा दिएको “नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दाबी गरे । सांसद राईले सदनमा जारी गतिरोध अन्त्यका लागि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रियताको विषयमा सत्ता पक्ष–प्रतिपक्षभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।
यसैबीच, प्रस्ताव अघि बढेसँगै संसद्मा सीमा विवाद र अभिव्यक्तिको विषयले पुनः राजनीतिक बहस चर्किने संकेत देखिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



