Global TV Logo
लोड हुँदैछ...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सरसफाइ र विद्युत जडानको काम तीव्र

S
Sristi Thakuri
२०२६-०७-१५, ०७:३३ AM
होमपेज/विशेष समाचार
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सरसफाइ र विद्युत जडानको काम तीव्र

काठमाडौं,  असार ३१ – लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाई तथा विद्युत जडानको काम भइरहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौंडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगभित्र अहिले प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको जानकारी दिए । सूचना अधिकारी भण्डारीकाअनुसार उद्योग परिसरमा वर्षौंदेखि थुप्रिएको झारपात, फोहोर तथा अनावश्यक सामग्री हटाउने काम भइरहेको छ । 

उद्योग सञ्चालनका लागि आवश्यक विद्युत प्रसारण तथा विद्युत जडानको काम पनि सँगसँगै अघि बढाइएको छ । उनकाअनुसार यी काम पूरा भएपछि उद्योगभित्र रहेका भवन, मेसिन तथा अन्य संरचनाको विस्तृत प्राविधिक मूल्याङ्कन गरिनेछ । लामो समयदेखि उद्योग बन्द रहेकाले भवन, मेसिन तथा उपकरणको वास्तविक अवस्था अध्ययन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । त्यसका लागि नेपाली सेनाको प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए ।

हेटौँडा कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको मुलुककै पुराना सरकारी उद्योगमध्येको एक हो । वि.सं.२०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले एक समय स्वदेशी कपडा उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको थियो । पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले १२०० भन्दाबढीलाई रोजगारी दिएको थियो । तर उद्योग २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com