उपन्यासकार डा.डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि

असोज २१ - विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।
साहित्य तथा संगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उनलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरेको हो । भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधि तथा अन्य प्रतिष्ठित अतिथिले डा.उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका थिए । विश्वविद्यालयले जारी गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा साहित्य र संगीत क्षेत्रमा उनको योगदान, उपलब्धि, समर्पण तथा समाजमा पारेको प्रभावको प्रशंसा गरिएको छ । समारोहमा प्रदान गरिएको स्मृतिचिह्नमा समेत उनलाई साहित्य तथा संगीत क्षेत्रमा उत्कृष्ट योगदान र विशिष्ट उपलब्धिका लागि सम्मान गरिएको उल्लेख छ । यो सम्मानले नेपाली साहित्य तथा संगीत क्षेत्रमा डा.उपाध्यायले पु¥याएको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा समेत सम्मान मिलेको जनाइएको छ । समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न नौ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरिसकेका छन् ।
आईएलपीएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उहाँको दशौं मानार्थ विद्यावारिधि हो । यसअघि अमेरिका लगायत विभिन्न देशका विश्वविद्यालयबाट उनलाई नौवटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायले हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरेको छन् । उनका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



