देउवा नआए गगनले कांग्रेस महाधिवेशन उद्घाटन गर्ने

असोज १८ - कांग्रेसको महाधिवेशन सभापतिले उद्घाटन गर्ने परम्परा रहे पनि यसपटक पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गराउने प्रयास भइरहेको छ । देउवा उपस्थित नभए सभापति गगन थापाले नै महाधिवेशन उद्घाटन गर्ने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यदिशासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुेछन् । यस्तै, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक विषयसम्बन्धी प्रतिवेदन र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता चालिसेले जानकारी दिए । कांग्रेसले सकेसम्म नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गर्ने जनाएको छ। सर्वसम्मति हुन नसके लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गरिने चालिसेको भनाइ छ। उनले यसपटकको महाधिवेशनलाई व्यक्तिभन्दा नीति र विचारलाई प्राथमिकता दिने अधिवेशन बनाउनेमा जोड दिए ।
असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। त्यसपछि असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ता भने पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



