श्रमिकलाई न्यूनतम ज्याला नदिए कानुनी कारबाही गरिने
S
Sristi Thakuri२०२६-०६-२४, ०८:२८ AM

काठमाडौं असार १० - सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
बुधबार काठमाडौंमा आयोजित व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा.दीपक काफ्लेले न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिकमा श्रमिकलाई काम लगाउनु कानुनविपरीत हुने बताए ।
उनले श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्नु पनि मानव अधिकारको महत्वपूर्ण पक्ष भएकाले सरकारले श्रम मापदण्ड र कार्ययोजनामार्फत त्यसको कार्यान्वयन गरिरहेको जानकारी दिए ।
सचिव काफ्लेले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि पनि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



