Global TV Logo
लोड हुँदैछ...

एमालेसँग तत्काल एकता सम्भव छैन : माधव नेपाल

S
Sristi Thakuri
२०२६-०६-२०, ११:०६ AM
होमपेज/विशेष समाचार
एमालेसँग तत्काल एकता सम्भव छैन : माधव नेपाल

काठमाडौं असार ६- नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले एमालेसँग एकता हुन लागेको भन्ने हल्लामा विश्वास नगर्न आग्रह गर्दै वर्तमान परिस्थितिमा यस्तो सम्भव नरहेको स्पष्ट पारे। उनले अहिलेको मुख्य कार्यभार देशभक्त, लोकतान्त्रिक, क्रान्तिकारी तथा गणतन्त्र पक्षधर शक्तिहरूलाई एकजुट गर्नु रहेको बताए।

नेता नेपालले राष्ट्रहित, जनहित र गणतन्त्रको रक्षा आफ्नो पार्टीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै परिवर्तन र रूपान्तरणको पक्षमा स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com