Global TV Logo
लोड हुँदैछ...

नेपालमा गरिबी दर घट्दै, औसत आयु ७१ वर्ष नाघ्यो

S
Sristi Thakuri
२०२६-०५-२७, ०९:२९ AM
होमपेज/समाचार
नेपालमा गरिबी दर घट्दै, औसत आयु ७१ वर्ष नाघ्यो

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा गरिबी दर घट्दै गएको र नागरिकको औसत आयु बढेको देखिएको छ। निरपेक्ष गरिबी २०.२७ प्रतिशतमा झरेको छ भने बहुआयामिक गरिबी १७.४ प्रतिशतमा सीमित भएको छ। नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको सर्वेक्षणमा उल्लेख छ।बुधबार संघीय संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको सर्वेक्षणले स्वास्थ्य, शिक्षा, ऊर्जा, बैंकिङ र पूर्वाधार क्षेत्रमा सुधार देखाएको छ। तर कृषि क्षेत्रमा भने सुस्तता कायम रहेको उल्लेख गरिएको छ। खडेरी र अत्यधिक वर्षाका कारण यस वर्ष धान उत्पादन ४.१६ प्रतिशतले घट्ने अनुमान गरिएको छ।१५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३६ लाख ४१ हजार पुगेको छ। विद्युत् पहुँच ९९.१ प्रतिशत जनसंख्यामा पुगेको छ भने कुल विद्युत् उत्पादन क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ।त्यस्तै, नेप्से परिसूचक २८२० बिन्दुमा पुगेको छ भने मोबाइल बैंकिङ प्रयोगकर्ता झण्डै ३ करोड पुगेका छन्। सरकारले सन् २०२५ मा ११ लाखभन्दा बढी पर्यटक नेपाल आउने अनुमान गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com