भारतका पूर्वनेपाली राजदूत धौभडेलको निधन

काठमाडौं , साउन ३१ - भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको अस्पतालमा थप उपचार सम्भव नभएपछि परिवारसँगै बस्ने क्रममा निधन भएको हो।
उनको निधन भएको जानकारी ज्वाइँ ज्योति वैद्यले दिएका छन्। धौभडेलका चार छोरीमध्ये तीन जना क्यानडामा र एक जना अमेरिकामा बसोबास गर्दै आएका छन्। तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारले २०५१ माघ १८ गते धौभडेललाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो। उनले भारतमा नेपालको प्रतिनिधित्व गर्दै कूटनीतिक जिम्मेवारी निर्वाह गरेका थिए।
शिक्षा क्षेत्रमा समेत योगदान दिएका धौभडेलले संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए। भक्तपुर पुर्ख्यौली घर भएका उनको जन्म १९९२ साल फागुनमा सिराहामा भएको थियो।
कूटनीति र शिक्षा क्षेत्रमा लामो समय योगदान गरेका धौभडेलको निधनसँगै नेपाली शैक्षिक तथा कूटनीतिक क्षेत्रमा एक अनुभवी व्यक्तित्व गुमेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



