बाढी प्रभावित नेपालमा भारतको मानवीय सहायता निरन्तर, छैटौँ–सातौँ खेपमा २१.५ टन राहत सामग्री

काठमाडौं , भदौ १९ - बाढी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ ।
भारतले बाढी प्रभावितको लागि छैटौँ र सातौँ खेप उडानमार्फत कुल २१ दशमलव ५ टन राहत सामग्री काठमाडौँ ल्याएको हो । यसपटक पठाइएका सामग्रीमा जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक फोरेन्सिक किट र स्वास्थ्य उपकरणहरू सामेल छन् । भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दुवै सी–१३० जे विमानले राहत सामग्री काठमाडौ पु¥याएको जानकारी दिएको हो । सामग्री नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि पछिल्लो सहायता रसुवाको पहिरो तथा बाढीपछि भारतले दिएको निरन्तर सहयोगकै निरन्तरता भएको बताएका छन् । गत हप्ता बुधबार आएको विनाशकारी बाढीलगत्तै भारतले राहत कार्य सुरु गरेको थियो । भारतले अगस्ट २६, २७,२९ र ३० मा राहत सामाग्री नेपाल पु¥याएको थियो । यस्तै,सेप्टेम्बर २ मा भारतले पाँचौँ विमानमार्फत ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र अत्यावश्यक औषधि पठाएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



