Global TV Logo
लोड हुँदैछ...

नेपालमा भारतको राहत अभियान तीव्र, चौथो उडानमा ११ टन सामग्री

B
Binita Thapa
२०२६-०८-३०, ०३:५२ AM
होमपेज/विशेष समाचार
नेपालमा भारतको राहत अभियान तीव्र, चौथो उडानमा ११ टन सामग्री

भदौ १४ - रसुवाको भोटेकोसीमा आएको बाढीपछि भारतले चौथोपटक राहत सामग्री नेपाल पठाएको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपालमा अवतरण भइसकेको छ । उक्त राहत सामग्री सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।

यसपटक भारतले खोज तथा उद्धार कार्यमा प्रयोग हुने उपकरणसहित सुरुङ प्राविधिक टोलीसमेत नेपाल पठाएको छ । साथै, बाढीपछि आवश्यक पर्ने डीएनए विश्लेषणका लागि फोरेन्सिक विज्ञहरूको टोली पनि नेपाल आएको मन्त्रालयले जनाएको छ ।

राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइ किटलगायत सामग्री रहेका छन् ।

यसैगरी, थप २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन् । भारतले थप सातवटा बेली ब्रिज स्थापनाका लागि आवश्यक उपकरण पनि चाँडै नेपाल पठाउने जनाएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com