बाढी प्रभावित क्षेत्रमा अनावश्यक नजान निर्देशन

भदौ १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा नेताहरूलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन दिएको छ ।
बाढी प्रभावित क्षेत्रमा केही सांसद तथा नेताहरू पुगेर फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि आलोचना भएको थियो । त्यसपछि पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई प्रभावित क्षेत्रमा जाने विषयमा सचेत गराएका हुन् ।
लामिछानेले आइतबार पार्टीका शीर्ष नेताहरूसँगको छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट भइरहेका कामबारे जानकारी लिएका थिए । सो क्रममा उनले अत्यावश्यक कामबाहेक सांसद तथा नेताहरूलाई प्रभावित क्षेत्रमा नजान निर्देशन दिएका हुन् ।
अन्य सांसदहरूलाई भने आफ्नो स्थानबाटै समन्वय र सहयोगमा ध्यान दिन निर्देशन दिइएको छ । साथै, विपद्का दृश्य खिचेर सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक नगर्न पनि पार्टीले आग्रह गरेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



