Global TV Logo
लोड हुँदैछ...

'आफ्ना मन्त्रीको सम्पत्ति छानबिन लुकाइयो' : ज्ञानबहादुर शाही

S
Sristi Thakuri
२०२६-०७-१४, ०६:५१ AM
होमपेज/विशेष समाचार
'आफ्ना मन्त्रीको सम्पत्ति छानबिन लुकाइयो' : ज्ञानबहादुर शाही

काठमाडौं,  असार ३० – प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्पत्ति छानविन गर्ने काममा पनि राजनीति गरेको आरोप लगाएका छन । 

आफ्ना मन्त्री र नयाँ संसदहरुको सम्पत्ति छानविन हुँदैन भन्ने निर्णय गरेर सरकारले यसमा पनि राजनीतिकरण गरेको नेता शाहीको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानविन प्रतिवेदन सार्वजनिक नगर्नुको पनि सरकारले गरिरहेको राजनीतिकरणको दृष्टान्तको रुपमा लिन सकिने बताए । 

नेता शाहीले सरकारले नागरिकको हितमा कानून बनाउनु पर्नेमा अन्यथा गरिरहेको पनि बताए । मान्छेको जीवनभन्दा ठूलो सत्ता नहुनेतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । 

नेता शाहीले नागरिकको अभिभावकको रुपमा काम गर्न पनि सरकारलाई सचेत गराए । उनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति आफूहरुको विरोध कायमै रहेको पनि बताए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com