इप्पानको प्रश्न : पर्याप्त लगानीबिनै कसरी पूरा हुन्छ ऊर्जा लक्ष्य ?
S
Sristi Thakuri२०२६-०६-०४, ०८:४१ AM

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपमहासचिव प्रकाश दुलालले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको ऊर्जा उत्पादनको लक्ष्य यथार्थपरक नभएको बताएका छन्।
उनले १० हजार ४०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिए पनि त्यसअनुसार पर्याप्त बजेट र स्पष्ट कार्ययोजना नदेखिएको बताए। ऊर्जा क्षेत्रका लागि छुट्याइएको ८२ अर्ब रुपैयाँमध्ये अधिकांश रकम प्रसारण तथा वितरण प्रणालीमै खर्च हुने उनको भनाइ छ।
दुलालले हाल करिब १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना पीपीएको प्रतीक्षामा रहेको उल्लेख गर्दै निजी क्षेत्रको लगानी प्रोत्साहन, पीपीए सहजता र प्रसारण पूर्वाधारमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याए।
लोकप्रिय खबर
लोड हुँदैछ...



