Global TV Logo
लोड हुँदैछ...

युद्धविरामका लागि इरानको कूटनीतिक पहल, मध्यस्थकर्तामार्फत वार्ता प्रस्ताव

S
Sristi Thakuri
२०२६-०७-२१, ०५:४५ AM
होमपेज/विशेष समाचार
युद्धविरामका लागि इरानको कूटनीतिक पहल, मध्यस्थकर्तामार्फत वार्ता प्रस्ताव

काठमाडौं, साउन ५ - इरानले अमेरिकासंगको युद्ध अन्त्यको प्रयासस्वरुप वार्ताका लागि मध्यस्थकर्तामार्फत कूटनीतिक पहल भइरहेको दाबी गरेको छ । 

इरान र अमेरिकाबीच लगातार आक्रमण भइरहेका बेला इरानले मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गरेका छन् । 

कतारले अमेरिका–इरान वार्ता पुनः शुरु गर्न र १० दिनको युद्ध विरामका लागि नयाँ प्रस्ताव ल्याएको छ । प्रवक्ता बघाइले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताएका छन् । जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उनले सम्झौताको पाठ पूर्ण रूपमा स्पष्ट रहेको र यो वाचालाई  तोड्न वाशिङ्टनले कुनै बहाना गर्न नहुने स्पष्ट पारेका छन् । अमेरिकाले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको उनको जिकिर छ । 

प्रवक्ता बघाइले हर्मुज जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै पनि खालको दुरुपयोग रोक्ने अडान पनि दोहो¥याएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com