रुकुम पश्चिममा जिप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, ११ जना घाइते
S
Sristi Thakuri२०२६-०९-१३, ०६:३४ AM

काठमाडौं , भदौ २८ - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको ज्यान जानुकासाथै ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की एक महिला छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



