सञ्चारकर्मी पौड्याललाई पत्रकारिता सम्मान

असोज ११ - नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार तथा सञ्चारकर्मी सन्दीप पौड्याल ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ अन्तर्गत पत्रकारिता अवार्डबाट सम्मानित भएका छन् ।
यमन इन्टरटेन्मेन्टको आयोजनामा शनिबार काठमाडौंमा आयोजित विशेष एवं भव्य समारोहमा पौड्याललाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै पत्रकारिता अवार्ड प्रदान गरिएको हो । नेपाली पत्रकारिता, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा दुई दशक लामो समयदेखि सक्रिय पौड्याल हाल हिमालय टाइम्स दैनिकका उपसम्पादक तथा ई–हिमालय टाइम्सको सम्पादकका रूपमा कार्यरत छन् । पत्रकारितामार्फत समाचार सम्प्रेषणसँगै गीतसंगीत तथा वृत्तचित्र निर्माणका क्षेत्रमा समेत उहाँले आफ्नो सक्रियता विस्तार गर्दै आएका छन् ।
अवार्डको निर्णायक समितिले पौड्यालले लामो समयदेखि नेपाली पत्रकारिताको विकास र प्रवद्र्धनमा पु¥याउँदै आएको योगदानलाई मूल्यांकन गर्दै उनलाई पत्रकारिता अवार्ड प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । पत्रकारितासँगै गीत लेखनमा समेत सक्रिय पौड्यालका सिर्जनाहरू गीतसंगीतका क्षेत्रमा आएका छन् । उनले सामाजिक, सांस्कृतिक तथा समुदाय केन्द्रित विषयलाई प्राथमिकतामा राख्दै वृत्तचित्र निर्माणमा समेत काम गर्दै आएका छन् । विशेषगरी थकाली समुदाय र बालबालिकासँग सम्बन्धित विभिन्न सामाजिक तथा सांस्कृतिक विषयमा उनले लेखन तथा वृत्तचित्र निर्माण गरेका छन् । पौड्यालले नेपाली सञ्चार क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न सञ्चारमाध्यममा गरेको अनुभव छ । यमन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’मा संगीत तथा मनोरञ्जन क्षेत्रका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टा, कलाकार, सञ्चारकर्मी तथा व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



