Global TV Logo
लोड हुँदैछ...

दुर्घटनामा घाइते उच्च अदालतका न्यायाधीश डाँगीसहित ४ जना उपचारका लागि काठमाडौं ल्याइए

S
Sristi Thakuri
२०२६-०८-१८, ०५:२३ AM
होमपेज/विशेष समाचार
दुर्घटनामा घाइते उच्च अदालतका न्यायाधीश डाँगीसहित ४ जना उपचारका लागि काठमाडौं ल्याइए

काठमाडौं , भदौ २ - दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

नेपाली सेनाको हेलिकप्टर मार्फत डाँगीसहित अन्य ३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । दुर्घटनामा घाइते भएका सवारी चालक र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ । मकवानपुरको भीमफेदी–६ जुरिखेलमा आज बिहान स्कारपियो दुर्घटनामा हुँदा डाँगीसहित ६ जना घाइते भएका थिए । घाइते हुनेमा तुलसीपुर–९ का ५७ वर्षीय डाँगी,चालक दाङ राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी रहेका छन् । यस्तै, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु पनि घाइते छन् । प्रहरीका अनुसार लक्ष्मीको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ ।

 प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो आज बिहान काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गर्दा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको हो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com