Global TV Logo
लोड हुँदैछ...

बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त हुँदै, आजै शपथ ग्रहण

S
Sristi Thakuri
२०२६-०८-२०, ०७:३५ AM
होमपेज/विशेष समाचार
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त हुँदै, आजै शपथ ग्रहण

काठमाडौं , भदौ ४ - बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन् । 

राप्रपाको समर्थन विवादमा परेका बखत प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्ति प्रक्रिया अघि बढाएका हुन् । प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा थापालाई आजै ४ बजे नियुक्त गरी शपथ ग्रहण गराउने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेपालको संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यका रूपमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको हो ।

 थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपाले समर्थन जनाएका छन् । तीन दलको संसदीय दलको समर्थन सहितको निवेदन भदौ ३ गते नै प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको र सोही अनुसार नियुक्ति प्रक्रिया अघि बढाइएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ । 

कार्यालयका अनुसार मुख्यमन्त्री नियुक्ति लगत्तै अपराह्न सवा ४ बजे नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह सुरु हुनेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com