Global TV Logo
लोड हुँदैछ...

छाला, कपाल र सौन्दर्य उपचारमा केएमसीको आधुनिक प्रविधि

S
Sristi Thakuri
२०२६-०५-२८, ०६:५० AM
होमपेज/समाचार
छाला, कपाल र सौन्दर्य उपचारमा केएमसीको आधुनिक प्रविधि

काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले छाला, कपाल तथा नङसम्बन्धी रोगहरूको उपचारसँगै सौन्दर्य अभिवृद्धि सेवामा अत्याधुनिक प्रविधि विस्तार गरेको छ। सिनामंगलस्थित अस्पतालले डर्माटोलोजी र प्लास्टिक सर्जरी अन्तर्गतका जटिल समस्याहरूको वैज्ञानिक तथा सुरक्षित उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ।अस्पतालका अनुसार पछिल्लो समय छालासम्बन्धी समस्याको उपचार गराउन आउने सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ। सामान्य एलर्जी, फंगल इन्फेक्सन, डन्डीफोर, दुबी, सोरायसिस, एक्जिमा तथा छालाको क्यान्सरसम्मका रोगहरूको प्रभावकारी उपचार अस्पतालमा भइरहेको छ । छालारोग विशेषज्ञ डा.गरिमा रेग्मीका अनुसार हाल केएमसीमा दैनिक सयौँ सेवाग्राही उपचारका लागि आउने गरेका छन् । उनलका अनुसार महिलासँगै पुरुषहरूमा पनि छाला तथा सौन्दर्यसम्बन्धी उपचारप्रतिको आकर्षण बढ्दो छ।अस्पतालले आधुनिक डर्माटोलोजी सेवालाई केवल रोग उपचारमा सीमित नराखी ‘एस्थेटिक’ सेवाका रूपमा समेत विस्तार गरेको छ। करोडौँ मूल्यका अत्याधुनिक लेजर उपकरणमार्फत अनुहारको छाया–पोतो हटाउने, चाउरीपन कम गर्ने तथा ट्याटु हटाउने सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ।यससँगै अनावश्यक रौँ हटाउने तथा कपाल झर्ने समस्याको वैज्ञानिक उपचारसमेत भइरहेको छ। अस्पतालले निकट भविष्यमै सहुलियतपूर्ण शुल्कमा अत्याधुनिक उपकरण प्रयोग गरी हेयर ट्रान्सप्लान्ट सेवा सुरु गर्ने तयारीसमेत गरेको जनाएको छ।केएमसीमा प्लास्टिक सर्जरी सेवा पनि सञ्चालनमा रहेको छ । दुर्घटनाबाट क्षतिग्रस्त अंग, क्यान्सर उपचारपछि काटिएका भाग तथा जन्मजात समस्या भएका अंगहरूको पुनर्निर्माण अस्पतालमा हुँदै आएको छ । साथै नाक, ओठ वा स्तनको बनावट परिवर्तन गर्न चाहनेका लागि चिकित्सकीय मापदण्डअनुसार कस्मेटिक सर्जरी सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।सौन्दर्य सुधारदेखि जटिल पुनर्निर्माणसम्मका सम्पूर्ण सेवा एकै स्थानमा उपलब्ध भएपछि सेवाग्राहीलाई सहज भएको अस्पतालको दाबी छ।डा.सुनिल शर्माद्वारा सञ्चालित केएमसी शिक्षण अस्पतालले पछिल्लो समय आफ्ना स्वास्थ्य सेवाहरूलाई प्रविधिमैत्री र विशिष्टीकृत बनाउँदै लगेको जनाएको छ। अस्पतालले छाला तथा अंगहरूको प्राकृतिक सन्तुलन कायम राख्दै बिरामीको आत्मविश्वास अभिवृद्धि गर्न दक्ष जनशक्ति र आधुनिक प्रविधिलाई प्राथमिकतामा राखेको बताएको  छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com