Global TV Logo
लोड हुँदैछ...

परम्परागत विधिअनुसार आज काठमाडौँमा कुमारी इन्द्रजात्रा मनाइँदै

S
Sristi Thakuri
२०२६-०९-२५, ०५:५३ AM
होमपेज/समाचार
परम्परागत विधिअनुसार आज काठमाडौँमा कुमारी इन्द्रजात्रा मनाइँदै

काठमाडौं , असोज ९  - काठमाडौँ उपत्यकामा आज परम्परागत विधिअनुसार कुमारी इन्द्रजात्रा मनाइँदैछ । 

काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाउन लागिएको हो । हिन्दु तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवीदेवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो । मूलतः वर्षा, सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो । देवी तलेजुको प्रतिनिधिका रूपमा मानिने जीवित देवी कुमारीको रथलाई इन्द्रजात्राका अवसरमा काठमाडौँका पुराना बस्तीहरू हुँदै नगर परिक्रमा गराइन्छ । यस रथयात्रालाई देवीको नगर परिक्रमा र सर्वसाधारण भक्तजनका लागि प्रत्यक्ष दर्शन तथा पूजाआजाको अवसरका रूपमा लिइन्छ । यसले काठमाडौँको धार्मिक जीवनमा देवी आराधना, शक्ति उपासना र सामुदायिक सहभागितालाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ । वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दु तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com