गोरखाको लक्ष्मीबजारमा पहिरोको कहर, निजी घर बगाउँदा एक घाइते
S
Sristi Thakuri२०२६-०८-०३, ०८:२१ AM

काठमाडौं , साउन १८ - गोरखाको लक्ष्मीबजारमा पहिरोले एक निजी घर बगाएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारदेखि शिखर जाने बाटो दिवामार्गमा रहेको स्थानीय मानसिंह गुरूङको तीन तले पक्की घर पहिरोले बगेको हो । अविरल वर्षापछिको पहिरोले आज घर बगेको हो । सडकसँगै रहेको घर पहिरोले बगाउँदा सडकदेखि करिब २० मिटर तल पुगेको छ । प
हिरो जाँदा घरमा एक जना ब्यक्ति मात्रै थिए । डेरा गरी बस्ने रौतहट कटहरिया नगरपालिका वडा नम्बर ७ घर भएका टोखान महतो सामान्य घाइते छन । घाइते महतोको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



