म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

असोज २८ - म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् ।
अभियान अन्र्तगत बनेपाका कुमार राज र धादिङको गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । यस्तै,सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनै जना विजेताले दसैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका छन् । क्यान खोल्नेबित्तिकै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वको खुसी थपिएको छ । म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको हो ।
अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् । अभियानको सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह थप बढेको कम्पनीले जनाएको छ । दसैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले आगामी दिनमा थप उपभोक्ताको दसैं विशेष बनाउने अपेक्षा गरिएको छ ।
‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियान अझै जारी रहेकाले अन्य उपभोक्ताले पनि पुरस्कार जित्ने अवसर अझै बाँकी नै छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



