सीमित तर आधुनिक प्रयोगशाला बनाउनुपर्ने महावीर पुनको जोड
S
Sristi Thakuri२०२६-०६-०४, १०:५७ AM

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले नेपालमा धेरै स्थानमा फरेन्सिक ल्याब स्थापना गर्नु व्यवहारिक नहुने बताएका छन् ।
सांसद पुनले एउटा आधुनिक केन्द्रीय ल्याब स्थापना गरी आवश्यक केही परीक्षण मात्र देशभित्र गर्ने र बाँकी जाँच विदेशमा पठाउने व्यवस्था उपयुक्त हुने धारणा राखे । उनले कोरोना महामारीको समयमा पनि केही परीक्षण हङकङलगायत देशमा पठाइएको उदाहरण दिए ।
उनको भनाइमा, “धेरै ल्याब खोल्ने होइन, सीमित, आधुनिक र व्यवहारिक संरचना बनाउनुपर्छ,” भन्दै स्रोत–साधनअनुसार मात्र योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



