Global TV Logo
लोड हुँदैछ...

टुँडिखेललाई हरियालीयुक्त बनाउँदै महानगर, मंसिरसम्म काम सम्पन्न हुने

S
Sristi Thakuri
२०२६-०५-२६, ०५:४१ AM
होमपेज/समाचार
टुँडिखेललाई हरियालीयुक्त बनाउँदै महानगर, मंसिरसम्म काम सम्पन्न हुने

काठमाडौंको मुटुमा अवस्थित टुँडिखेल राणाकालदेखि नै ऐतिहासिक तथा सार्वजनिक महत्व बोकेको खुला क्षेत्रका रूपमा परिचित रहँदै आएको छ । सैनिक परेड, राष्ट्रिय समारोह, सांस्कृतिक कार्यक्रम तथा जनसभाजस्ता गतिविधि सञ्चालन हुने प्रमुख थलोका रूपमा चिनिने टुँडिखेल काठमाडौंवासीको पहिचानसँग समेत जोडिएको स्थान हो ।समयसँगै टुँडिखेलको स्वरूप अव्यवस्थित बन्दै गएपछि अहिले काठमाडौं महानगरपालिकाले यसलाई पुनः व्यवस्थित, सफा र हरियालीयुक्त बनाउने अभियान अघि बढाएको छ । खुला क्षेत्रको संरक्षण गर्दै दुबो रोप्ने, वातावरणीय सौन्दर्य बढाउने तथा नागरिकलाई सहज रूपमा उपयोग गर्न मिल्ने सार्वजनिक स्थलका रूपमा विकास गर्ने उद्देश्यसहित महानगरले निर्माण कार्य सञ्चालन गरिरहेको छ ।टुँडिखेलमा दुबो लगाउने निर्माण कार्यको जिम्मा लिएका व्यवसायी रविन कुमार गौतमका अनुसार हाल निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । उनले मंसिर महिनासम्म सम्पूर्ण काम सम्पन्न हुने जानकारी दिएका छन् ।महानगरपालिकाका अनुसार करिब २ करोड ७० लाख रुपैयाँको बजेटमा सञ्चालनमा आएको उक्त परियोजनाअन्तर्गत अहिले मैदान व्यवस्थापन, हरियाली विस्तार तथा पूर्वाधार सुधारका काम धमाधम भइरहेका छन् । यस प्रयासले टुँडिखेलको ऐतिहासिक गरिमा जोगाउनुका साथै भविष्यका पुस्ताका लागि खुला, सुरक्षित र आकर्षक सार्वजनिक स्थलका रूपमा संरक्षण गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com