Global TV Logo
लोड हुँदैछ...

जेठ ३ गतेदेखि शुरु भएको मलमास आजदेखि सकिंदै

B
Binita Thapa
२०२६-०६-१५, ०३:३६ AM
होमपेज/समाचार
जेठ ३ गतेदेखि शुरु भएको मलमास आजदेखि सकिंदै

काठमाडौँ, असार १- मलमास अर्थात् अधिकमास आजदेखि सकिंदैछ । गएको जेठ ३ गतेदेखि शुरु भएको मलमासको आज अन्तिम दिन हो । हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास पर्ने गर्छ । अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ ।

यस अवसरमा काठमाण्डौको दक्षिण पश्चिममा रहेको मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ । मेलाको आज अन्तिम दिन हो । यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाममा पनि एक महिने मेला लागिरहेको छ ।

मलमासका कारण रोकिएका धार्मिक तथा साँस्कृतिक कार्यक्रम भोलिदेखि शुरु हुँदैछन् । पर्सि रातो मच्छिन्द्रनाथको रथ लगनखेलको थतिटोलबाट तानेर जावलाखेल पुर्याउने तयारी छ । आज सोमबारे औँसी पनि मनाइँदैछ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । 

अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com