म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’

असोज १८ -म्याक्स टाइगर इनर्जी ड्रिंकले म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका : क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज’ अफर ल्याएको छ ।
दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । किनकी म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियान, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन् । दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स टाइगरले आफ्नो नयाँ अभियान सार्वजनिक गरेको हो । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले ‘दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको हो । अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । अभियानमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन् ।
कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन् । देशभर त्यस्ता क्यान वितरण गरी अभियानलाई उपभोक्तामाझ पु–याउने तयारी कम्पनीले गरेको छ ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



