एम्बाप्पेको कीर्तिमानी गोलमा फ्रान्सले सेनेगललाई हरायो

काठमाडौँ, असार ३- कप्तान किलियन एम्बाप्पेको कीर्तिमान र उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले जारी फिफा विश्वकप २०२६ मा जितसहित आफ्नो यात्रा सुरु गरेको छ ।
न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा दुई गोल गर्दै एम्बाप्पे फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले फ्रान्सका लागि आफ्नो कुल गोल संख्या ५८ पु¥याएका छन् । जितसँगै फ्रान्सले सन् २००२ को विश्वकपमा सेनेगलसँग बेहोरेको ऐतिहासिक हारको बदला समेत लिएको छ । खेलको सुरुवातमा सेनेगलले फ्रान्समाथि कडा दबाब बनाएको थियो । खेलको ६६ औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै किलियन एम्बाप्पेले फ्रान्सलाई १–० को अग्रता दिलाए ।
खेलको अन्तिम समयमा सेनेगलका इब्राहिम म्बायेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । एम्बाप्पेको ऐतिहासिक गोल ९ं६ औँ मिनेटमा गरेका थिए । यो गोलसँगै ५८ गोल पु¥याएर उनी फ्रान्सका सर्वकालीन महान् गोलकर्ता बनेका छन् । विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या १४ पुगिसकेको छ । अर्को खेलमा एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले पनि फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।
नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे । नर्वेले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । उक्त विश्वकपमा अन्तिम १६ सम्म पुगेको नर्वे त्यसपछि छनोट हुन सकेको थिएन ।
लोकप्रिय खबर
लोड हुँदैछ...



