Global TV Logo
लोड हुँदैछ...

अमेरिका–इरान द्वन्द्व समाधानका लागि मध्यस्थ राष्ट्रहरू इजिप्टमा जुट्दै

S
Sristi Thakuri
२०२६-०६-२०, ०५:३५ AM
होमपेज/विशेष समाचार
अमेरिका–इरान द्वन्द्व समाधानका लागि मध्यस्थ राष्ट्रहरू इजिप्टमा जुट्दै

काठमाडौं असार ६- अमेरिका र इरानबीचको युद्धका मध्यस्थकर्ताबीच आज इजिप्टमा छलफल हुँदैछ । 

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान,साउदी अरब र टर्कीए आज इजिप्टमा छलफलका लागि भेला हुने भएका हुन् । इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेका छन् । 

 यसअघि हिजो शुक्रबार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्कीए र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति,सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका इरानी समकक्षी मसुद पेजेस्कियनले गएको फेब्रुअरी २८ देखि शुरु भएको अमेरिका–इजरायल र इरान द्वन्द्व अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यसले हर्मुज जलमार्ग पुनःखोल्ने र तेहरानको आणविक कार्यक्रमसहित व्यापक मुद्दाहरूमा ६० दिने वार्ता अवधि शुरु गर्ने कार्यका लागि बाटो खोलिदिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com